गोरखा – गोरखाको च्याङली क्षेत्रको ओडारमा बस्दै आएका १ जना ब्यत्तिले श्रीमती मारेर फालेको आरोपमा गोरखा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
पालुङटार नगरपालिका ७ नयाँ पुल संगैको झोलुङ्गेको ओडारमा बस्दै आएका ४४ बर्षका रामबहादुर कामीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए । ‘एक जना स्थानियले झोलुङ्गे पुलबाट तन्नामा मानिस जस्तो देखिने ब्यक्तिलाई पोको पारेर फालेको भन्ने सूचनाको आधारमा हामीले उनको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ’ प्रनाउ दाहालले बताए ।
पालुङटार नगरपालिका ७ घर भएका रामबहादुरले वतन खुल्न नसकेको ३६ बर्षिया सम्झना रेग्मीलाई लिएर बिगत डेढ महिना देखी सोही ओडारमा बस्दै आएको एक स्थानियले बताए ।
पक्राउ परेको रामबहादुरले श्रीमती लामो समय देखी पेट फुल्ने रोगबाट ग्रसित भएको, पटक पटक रगतै बान्ता गर्ने गरेको र बिहिबार राती अचानक मृत्यु भएको र आफन्त समेत कोही नभएका कारण आफुले मृत्त शरिरलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको स्विकार गरेको प्रहरी कार्यालयले जनाएको छ ।
आफन्त कोही नभएका कामी विगत केही दशक देखी नै विभिन्न स्थानमा बस्दै आएको र करिब डेढ महिना अगाडी देखी झोलुङ्गे पुलको मुनी रहेको ओडारमा बस्दै आएको नयाँपुलका एक स्थानियले बताए ।
नयाँपुल क्षेत्रका एक ब्यत्ति फलफुल बिक्री गरेर घर तर्फ फर्कदै गर्दा तन्नामा पोको पारेर मानिस जस्तो देखिने बस्तु फालेको भन्दै प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका रामबहादुर मानिस रोगी जस्तो देखिने कार्यालयले जनाएको छ ।
सम्झनाको शबको खोजी भई रहेको प्रहरीले जनाएको छ ।




















