धनुषा – धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकाको लक्ष्मीपुरमा पोखरीमा डुबेर आज एउटै गाउँका ५ जना बालिकाको ज्यान गएको छ ।
स्थानीय हुलास यादवको खेतमा बनाईएको नयाँ पोखरीमा डुबेर शुक्रबार मध्याह्न १२ः३० बजे उनीहरुको ज्यान गएको धनुषा प्रहरीले पुष्टी गरेको हो ।
मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चंद्रा कुमारी भगत, १३ वर्षीय मंजु पूर्वे, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललिता साहको ज्यान गएको छ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।




















