कञ्चनपुर – बेदकोट नगरपालिका ५ धरमपुरकी १९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको अनुसार बेदकोट ६ ओझाखालीका २२ वर्षीय धनबहादुर विकलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरिएको हो ।
अर्का १ जना युवक भने फरार रहेको प्रहरीले जनाएको छ । युवतीमाथि बिहीवार दिउँसो सामूहिक बलात्कार भएको बताइएको थियो ।
प्रारम्भिक अनुसन्धानमा युवतीलाई ललाई फकाई गाउँ नजिकैको नर्सरीमा लगेर बलात्कार गरेको कुरा खुल्न आएको प्रहरी कार्यालयले जनाएको छ । बलात्कृत युवतीको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराईएको थियो ।
बलात्कृत युवती शारीरिक रुपमा अशक्त रहेकी छिन् ।




















