काठमाण्डौं – सभामुख अग्नी सापकोटाले आज बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
सभामुख सापकोटाले शुक्रवार दिउँसो संसद भवन नयाँ बानेश्वरमा पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाएका थिए ।
सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागिता जनाउन आग्रह गरेको भएता पनि प्रधानमन्त्रीसँग परामर्श नगरी त्यस्तो बैठक राखिएकोमा ओली असन्तुष्ट देखिएको बालुवाटार श्रोतले जनाएको छ ।
सभामुख सापकोटाले दिउँसो २ः०० बजे सर्वदलीय बैठक बोलाएका हुन् । बैठक राख्नु अगावै सभामुख सापकोटाले पूर्व सभामुख र संविधानविद्हरूसँग परामर्श गरेका थिए ।




















