काठमाण्डौ – चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका नागरिक अगुवा नारायण वाग्ले, खगेन्द्र संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई बालुवाटारबाट पक्राउ गरेर कमलपोखरी प्रहरी वृत्तमा राखिएको छ ।
सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।




















