सोलुखुम्बु – सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँन पुग्दा करेण्ट लागेर क्रेनमा सवार २ जनाको घटनास्थलमा नै ज्यान गएको छ । अन्य २ जना घाईते भएका छन् ।
सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै ट्रकमा राखेर लादै गरेको क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँन पुग्दा चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेको सोलुखुम्बु प्रहरी कार्यालयले पुष्टी गरेको हो ।
ग. १ ज. ५१७३ नम्बरको ट्रकमा सवार अन्य २ जना घाईते भएको र घाईतेको उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि पोखरा तर्फ लैजाने क्रममा हाईटेन्सन लाईमा छुँन पुगेर दुर्घटना भएको थियो ।




















