गोरखा – गोरखाको ४ स्थानिय तहमा शुक्रबार थप २२ जनामा संक्रमण पुष्टी भएको छ ।
धार्चे, चुम नुब्री, अजिरकोट र सिरानचोक गाउँपालिकामा र गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार एन्टिजेन मार्फत गोरखा अस्पतालमा २ महिला र ३ जना पुरुष गरी ५ जना, धार्चे गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षणकै क्रममा चुम नुब्री गाउँपालिकामा १ जना महिला, अजिरकोट गाउँपालिकामा १ जना महिला ६ जना पुरुष गरी ७ जना र सिरानचोक गाउँपालिकामा ३÷३ जना महिला र पुरुषमा गरी ६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आज संक्रमण देखिएका सबैको एन्टिजेन विधिबाट परिक्षण गरिएको हो । पिसिआर परिक्षणको भने कुनै पनि नजिता प्राप्त नभएको कार्यालयले जनाएको छ । आज संक्रमण देखिएका मध्ये ८ जना महिला र १४ जना पुरुष रहेका छन् ।
विहिबार जिल्लाको ७ स्थानिय तहमा १०७ जनामा कोरोना संक्रमण देखिएको थियो ।




















