साँकेतिक तस्बिर
गोरखा – गोरखा अस्पतालमा उपचारका क्रममा गएराती एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
गोरखा नगरपालिका ५ का ७८ बर्षका संक्रमितको उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
बुधबार एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचारका लागि ल्याइएका ति पुरुषलाई अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरेको भएता पनि परिवारका सदस्यले गोरखा अस्पतालमा नै भर्ना गराएका थिए ।
मृतकमा पुरुष मृगौला तथा निमोमिया रोगबाट ग्रस्त रहेको अस्पतालले जनाएको छ । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।




















