पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको प्रस्ताव प्राप्त गर्न नसके पछि गुरुङ सरकार ढलेको छ ।
बिहीबार प्रदेश सभामा भएको विश्वासको प्रस्तावमाथि मतदान हुन्दा गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा भने ३० मत प¥यो ।
जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा तटस्थ बसे भने दीपक मनाङे अनुपस्थित रहे ।
प्रदेश सभामा सभामुख सहित ६० सदस्य छन् ।
गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए ।
१ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आजका लागि समय मागेका थिए ।
अब प्रदेश प्रमुखले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गनुपर्ने छ।




















