काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९०१ नमूनाको पीसीआर र ५ हजार ३३७ नमूनाको एन्टिजेन गरी १५ हजार २३८ नमूना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण देखिएको् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
त्यस्तै गरी आजै ५ हजार २९३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।
पछिल्लो २४ घन्टामा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको मन्त्रालयले जनाएको छ।




















