पोखरा – गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्बीसुब्बा गुरुङले विश्वासको मत नपाउने निश्चित जस्तै भएको छ ।
गण्डकी प्रदेश सभामा रहेका ५ दल मध्ये ४ वटा दल मुख्यमन्त्रीको विपक्षमा उभिए संगै उनले विश्वासको म नपाउने निश्चित भएको हो ।
गण्डकी प्रदेश सभामा विश्वासको मत प्रस्ताव उपर छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएका छन् ।
६० सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ३१ जनाको मत चाहिन्छ । एमालेका २७ सांसद छन् । गुरुङको पक्षमा २७ सांसद मात्र उभिएको छ ।
गुरुङ नेतृत्वको कै सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ भने हिजो साँझ देखि नै सम्पर्कविहिन छन् । उनी अहिले पनि प्रदेश सभामा पनि उपस्थित छैनन् ।
यता जनमोर्चाका कृष्ण थापाले तटस्थ बस्ने घोषणा गरिसकेका छन् ।
गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जसपाका २ र राजमोका २ गरी ३० जना देखिएका छन् ।
मतदानका बेलासम्म यही गणित कायम रहेमा गुरुङले विश्वासको मत नपाउने निश्चित छ ।




















