गोरखा – गोरखाको बैंकर्स क्लबको अध्यक्षमा अजितरमण खनाल सर्व सम्मत चयन भएका छन्। क्लबको अध्यक्षमा मेघा बैंक गोरखा शाखाका प्रबन्धक खनाल सर्व सम्मत अध्यक्षमा चयन भएका हुन् ।
गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुको मंगलबार भएको भर्चुअल बैठकले सचिवमा सांग्रिला डेभलमेण्ट बैंकका प्रबन्धक महेश अधिकारी, कोषाध्यक्षमा एभरेष्ट बैंकका प्रबन्धक अमिर केसी चयन भएका छन् ।
त्यस्तैगरी क्लबको सदस्यहरुमा राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक कपिल कार्की, एनएमबी बैंकका प्रबन्धक केशव रेग्मी सर्व सम्मत चयन भएको एभरेष्ट बैंकका प्रबन्धक केसीले बताए ।




















