गोरखा – गोरखाको २ स्थानिय तहमा बुधबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा गरी बुधबार थप ६१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको रेकर्ड अनुसार पालुङटार नगरपालिकामा ५७ जना महिला र ५९ जना पुरुषको पिसिआर परिक्षणका क्रममा १५ जना महिला र २१ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकामा ५८-५८ जना महिला र पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १७ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ ।
बुधबार २ स्थानिय निकायमा ३२ जना महिला र २९ जना पुरुष गरी कुल ६१ जना संक्रमित थपिएको छ । यो संगै दोस्रो लहरमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ५९२ पुगेको छ ।
जिल्लामा बुधबार साँझ सम्म १ हजार ३९८ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















