काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली सहित संसदमा प्रतिनिधित्व गर्ने सवै दलका शीर्ष नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् ।
उनले पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि शुक्रबार बोलाएका हुन् ।
सभामुख सापकोटाले प्रधानमन्त्रीसहित नेताहरुलाई समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा उपस्थित भई दिन सबैलाई आग्रह गरेका छन् ।
सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेको संसद सचिवालयले जनाएको छ ।




















