काठमाण्डौ – जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ का सरकारमा नेपली कांग्रेस पनि सहभागी जनाउने भएको छ ।
सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी, नेपाली कांग्रेसबीच र माओवादी केन्द्रबीच आज सहमति भएको हो ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले हस्ताक्षर गरेको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ ।
सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ ।
सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने पक्का भए छ ।
आन्तरिक सहमतिअनुसार काँग्रेसले ३ वटा र माओवादी केन्द्रले २ वटा मन्त्रालय पाउने छन् । मन्त्रीहरुले आजनै सपथ लिने कार्यक्रम रहेको छ ।





















