गोरखा – गोरखामा कोरोना दोश्रो लहरको निषेधाज्ञा उल्लघन गरेको भन्दै पहिलो पटक १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडी दिएको छ ।
पक्राउ पर्नेहरुमा गोरखाका धनाड्य ब्यापारी देखी चिया पसल संञ्चालक सम्म रहेको जिल्ला प्रहरी कार्याललय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
दोश्रो लहर सुरु भए संगै गोरखामा गएको बैशाख २२ गते देखी निषेधाज्ञा जारी छ । चौथो पटक म्याद थप भए पछि असार ५ गते सम्म बन्द रहनु पर्ने ब्यापार ब्यवसाय संञ्चालन गरेको भन्दै गोरखा बजारबाट १७ जना ब्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर पहिलो पटक सम्झाई बुझाई गरेर छाडीएको प्रनाउ दाहालले बताए ।
पक्राउ पर्नेमा बसपार्क गोरखामा भाडा पसल संञ्चालन गर्दै आएका ब्यापारी एवं प्रहरीका पूर्व रासन ठेकेदार हरिहर श्रेष्ठ समेत रहेका छन् । कुनै न कुनै बहानामा दैनिक जसो पसल खोल्ने उनलाई सर्व साधारणको गुनासो पछि नियन्त्रणमा लिएर छाडीएको प्रहरी कार्यालयले जनाएको छ ।
यता निषेधाज्ञा उल्लघंन गरेको भन्दै बैंक रोडका ईलेक्ट्रीकल ब्यापारी देखी ग्रिल सञ्चालक, किराना पसले, फलफुल ब्यापारी, मोटर साईकल वर्क सर्पका संञ्चालक तथा स्टेशनरी संञ्चालक र होटल ब्यवसायी समेतलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका मध्ये ९ जना महिला र ८ जना पुरुष रहेका थिए । पक्राउ परेका सबैलाई केही बेर नियन्त्रणमा राखेर अब आईन्दा पसल नखोल्ने सर्तमा छाडीएको प्रहरी कार्यालयले जनाएको छ ।




















