गोरखा – गोरखाका एक युवा उद्यमीले आज जिल्लाको विभिन्न स्थानिय तहलाई ६ वटा एम्बुलेन्स सहित स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका छन् ।
आरुघाट गाउँपालिका घर भई राजधानीमा पर्यटन ब्यवसाय गर्दै आएका प्रेम खत्रीले जिल्लाको ५ स्थानिय तहलाई ६ वटा एम्बुलेसन्स सहित स्वास्थ्य सामाग्री बुधबार हस्तान्तरण गरेका हुन् ।
सम्भव छ नेपालका अध्यक्ष समेत रहेका खत्रीले संस्था मार्फत उत्त सामाग्रीहरु उपलब्ध गराएको गोरखा नगरपालिकामा भएको एक कार्यक्रममा जानकारी दिए । संस्था मार्फत गोरखा नगरपालिकाको २ भिन्न वडामा सञ्चालनमा आउने गरी २ वटा एम्बुलेन्स खत्रीले प्रदान गरे ।
त्यस्तै गरी गण्डकी गाउँपाकिाल १, शहीद लखन गाउपालीका ७ को बुङकोट स्वास्थ्य चौकी, भिमसेन थापा गाउँपालिका १ र धार्चे गाउँपालिका १ का लागि एम्बुलेन्स प्रदान गरेका हुन् । साथै सोही कार्यक्रममा ६ थान अक्सिजन सिलिण्ड, ६०० थान एन्टिजेन किट, १ हजार २०० थान भिटिएम, ८०० लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १०० पिस अक्सिमटिर, पीपीई सेट, फेससिल्डलगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको खत्रीले जानकारी दिए ।
उत्त सामाग्री नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले सम्वन्धीत पालिकाका प्रमुख तथा प्रतिनिधीहरुलाई हस्तानतरण गरेका थिए । कार्यक्रममा गोरखा नगरपालीका नगर प्रमुख राजराज पन्त बिशेष अतिथि तथा अतिथीका रुपमा शहिद लखन गापा अध्यक्ष रमेशबावु थापा मगर, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, गण्डकी गाउँ पालिकाका अध्यक्ष होमबहादुर राना, धार्चे गाउँ पालिकाका उपाध्यक्ष फुलमाया गुरुङ, गोरखा नगर पालिकाका उप प्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल सहित अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।





















