साँकेतिक तस्बिर
गोरखा – धादिङबाट मलामी आएका ३ जनालाई बुढी गण्डकी नदीले बगाएर बेपत्ता बनाएका छन् ।
गोरखा र धादिङको सिमानामा पर्ने बुढिगण्डकी नदिले बगाउँदा धादिङ ज्वालामुखी गाउँपालिकाका २ का अन्दाजी २२ वर्षका सुवास नेपाली, २२ वर्षका दिनेश नेपाली र १९ वर्षका सन्तोष नेपालीलाई नदीले बगउदा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वेपत्ता सबैको गोरखा र धादिङ जिल्लाका प्रहरीले खोजी कार्य जारी राखेको छ । मंगलबार जोगिटार गाउँमा बितेका आफन्त दाहसंस्कारका लागि पुगेका उनीहरु नदीमा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो ।




















