गोरखा – गोरखाको ६ स्थानिय तहमा मंगलबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका संगै शहिद लखन, भिमसेन थापा, चुमनुब्री, अजिरकोट र सिरानचोक गाउँपालिकामा गरी थप ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका सबै जना एन्टिजेन परिक्षणका हुन । पिसिआर परिक्षणको नजिता प्राप्त नभएका कारण अन्य संक्रमितहरुको संख्या भने बुधबार मात्र थाहा हुने कार्यालयले जानकारी दिएको छ ।
संक्रमण देखिएमा मध्ये पालुङटार नगरपालिकामा ४ महिला ५ पुरुष गरी ९ जना, शहिद लखन गाउँपालिकामा १ महिला, भिमसेन थापा गाउँपालिकामा २ महिला र ५ पुरुष गरी ७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी चुमनुब्री गाउँपालिकामा २ महिला, अजिरकोट गाउँपालिकामा ६ जना पुरुष र सिरानचोक गाउँपालिकामा ६ जना महिला र ४ जना पुरुष गरी १० जनामा समेत कुल ३५ जनामा संक्रमण देखिएको कार्यालयको रेकर्डमा उल्लेख गरिएका छ ।
यो सहित जिल्ला भित्र सक्रिय संक्रमितको संख्या १ हजार २९५ पुगेको छ भने ३१२ जनाको पिसिआर नजिता प्राप्त हुन बाँकी रहेको छ ।




















