गोरखा – गोरखामा आज एकै दिनमा १५४ जनाले कोरोना जितेका छन् ।
जिल्लाको विभिन्न स्थानिय तहमा रहेका १५४ जनाले आज कोरोना जितेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हाे ।
कार्यालयको रेकर्ड अनुसार सोमबार जिल्लाको विभिन्न स्थानिय तहमा १ हजार ४११ जना सक्रिय कोरोना संक्रमित रहेकोमा आज १५४ जनाले कोरोना जिते संगै सक्रिय संक्रमितको संख्या १ हजार २५७ जनामा झरेको छ ।
२ साता यता जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो । निको हुने मध्ये अधिकाशं होम आइसोलेशनमा बस्नेहरु रहेको कार्यालयले जनाएको छ ।




















