गोरखा – लायन्स क्लब अफ गोरखाले आज ४ थान कन्सनट्रेटर सहयोग गरेको छ ।
गोरखा समाज अमेरिका को अगुवाईमा टेक्सस् नेप्लीज मेडिकल एसोशियसन द्वारा सहयोग प्राप्त ४ थान अक्सिजन कन्सनट्रेटर गोरखा अस्पताल र गोरखा नगरपालिकाले सञ्चालमा ल्याएको आइसोलेशन सेन्टरलाई उपलब्ध गराएको हो ।
गोरखा नगरपालिका द्वारा निर्माण गरिएको उद्योग बाणिज्य संघको भवनमा रहेको आइसोलेशन सेन्टरलाई २ थान र गोरखा अस्पतालाई २ थान कन्सनट्रेटर उपलब्ध गराईएको लायन्स क्लब गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले बताए ।
अमेरिकामा रहेका गोरखा नगर पालिका ६ तिनधारेका अन्जन श्रेष्ठ र डा.शर्मीला श्रेष्ठबाट सहयोग प्राप्त उत्त कन्सनट्रेटर आज एक कार्यक्रम बिच गोरखा नगरपालिका मेयर राजनराज पन्त, गोरखा अस्पतालका डा.एव आइसोलेशन सेन्टरका प्रमुख डा.अजयराज गौतमलाई हस्तान्तरण गरिएको क्बलले जनाएको छ ।
कोरोनाको महामारीमा गोरखाको स्वास्थ्य क्षेत्रमा प्रवासमा बसेर सहयोग गर्नुहुने श्रेष्ठ द्वयलाई क्लबले आभार ब्यत्त समेत गरेको छ ।
तस्बिर श्यामबावु श्रेष्ठ




















