गोरखा – गोरखाको ७ स्थानिय तहमा सोमबार थप १०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिकाका साथै आरुघाट, धार्चे, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकामा गरी १०७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आइतबार मात्र जिल्लामा २६० जनामा संक्रमण देखिएको थियो । लगत्तै सोमबार पनि यती ठुलो संख्यामा संक्रमित थपिएको हो ।
कार्यालयका अनुसार पिसिआर र एन्टिजेन परिक्षणमा उत्त संख्यामा संक्रमित फेला परेको हो । पिसिआर गर्दा १७ महिला र २० पुरुष गरी ३७ जनामा संक्रमण देखिएको थियो भने एन्टिजेन परिक्षणमा ३२ महिला र ३८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएको छ ।
कार्यालयको रेकर्ड अनुसार गोरखा नगरपालिकामा एन्टिजेन मार्फत ९ जना महिला र २१ जना पुरुष गरी ३० जना, धार्चेमा ७ महिला र ३ पुरुष गरी १० जना, बारपाक सुलिकोटमा ६ महिला र ३ पुरुष गरी ९ जनामा, अजिरकोटमा ६ महिला र ९ पुरुष गरी १५ जना र सिरानचोक गाउँपालिकामा ४ जना महिला र २ पुरुष गरी ६ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गरी पिसिआर मार्फत आरुघाट गाउँपालिकामा १३ जना महिला र १८ जना पुरुष गरी ३१ जना र शहिद लखनमा ४ जना महिला र २ जना पुरुष गरी ६ जना संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
अझै पनि जिल्ला भित्रको २६६ जनाको पिसिआरको नतिजा प्राप्त हुन बाँकी रहेको छ । कार्यालयका अनुसार सोमबार साँझ सम्म जिल्ला भित्र १ हजार ४११ जना सक्रिय संक्रमित रहेका छन् ।




















