गोरखा – गोरखाको विभिन्न स्थानिय निकायमा एकै दिनमा २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको ८ स्थानिय तहमा आइतबार यती ठुलो संख्यामा कोरोना संक्रमीत थपिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । संक्रमण देखिएका मध्ये पिसिआर परिक्षणमा १५६ जना र एन्टिजेन गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिएको मध्ये गोरखा नगरपालिकामा मात्रै ५६ जनामा संक्रमण देखिएको छ । गोरखा नगरपालिकामा पिसिआर बाट ७ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिए पछि गरिएको कन्टयाक्ट ट्रेसिङमा थप १९ जना महिला र २४ जना पुरुषमा संक्रमीत थपिएको छ ।
यता गोरखा अस्पतालले गरेको एन्टिजेनमा १ महिला र १ पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएको पालुङटार नगरपालिकामा पिसिआर तर्फ २३ जना महिला र २० जना पुरुषमा संक्रमण देखिएको छ भने एन्टिजेन गर्दा थप ६ जना महिला र ३ जना संक्रमित पुरुष देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार नै गण्डकी गाउँपालिकामा गरिएको एन्टिजेनमा १८ महिला र १६ जना पुरुष, धार्चे गाउँपालिकामा ४ महिला र ५ पुरुष, शहिद लखनमा १ जना पुरुष, अजिरकोटमा २ जना महिला र ६ जना पुरुष र सिरानचोक गाउँपालिकामा २६ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको छ ।
यता आरुघाट गाउँपालिकामा गरिएको पिसिआरमा १८ जना महिला र १४ जना महिला, धार्चेमा २ महिला र १ पुरुष र शहिद लखन गाउँपालिकामा १४ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आइतबार नै गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को विभिन्न स्थानमा गरेको एन्टिजेन परिक्षणमा कम्तीमा पनि ८० जनामा कोरोना संक्रमण देखिएको शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालले जानकारी दिएको छ ।




















