गोरखा – गोरखाको पालुङटार क्षेत्रको बिर्दीसेरा भन्ने स्थानमा टयाक्टर दुर्घटना हुदा १ युवकको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका ९ को बिर्दी सेरा बजारमा ग. १ त ४२७८ नम्बरको ट्याक्टर दुर्घटना हुदा धादिङ दार्खा गाउँपालिका ३ घर भएका २० बर्षका याकुव तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए ।
खोप्लाङको मसाने ठाँटीबाट बिर्दी तर्फ गइरहेको उत्त टयाक्टर अनियन्त्रीत भएर दुर्घटना भएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर, टयाक्टर चालक र सवारी धनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयले जनाएको छ ।




















