काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आजदेखी लागुहुने गरी डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको हो ।
नेपाल आयल निगमले जनाए अनुसार मूल्य वृद्धिपछि काठमाण्डौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको छ ।
निषेधाज्ञाकै बीचमा निगमले गत जेष्ठ २ गते पनि मूल्य वृद्धि गरेको थियो । निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको कारण नेपालमा पनि मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको जनाएको छ ।




















