काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा आज थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७१ पिसिआर र ५ हजार ३४३ एन्टिजेन परिक्षण गर्दा सनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ ।





















