काठमाण्डौं – विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि सहयोग पठाएको छ।
नेपालको आग्रहमा डब्ल्यूएचओले एम्फोटेरिसिन ‘बी’ नामक औषधी १ हजार भाइल नेपालमा पठाएको हो।
डब्ल्यूएचओले पठाएको सो परिमाणको औषधि नेपाल आइपुगेको बताइएको छ।
नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि नेपाल सरकारले आग्रहमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उत्त परिमाणको औषधी नेपाल पठाई दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उत्त औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोगविरुद्ध पनि प्रयोग हुने गर्दछ ।




















