×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पालुङटार आयुर्वेद औषधालयलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हस्तान्तरण

  •  गोरखा समाचार
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ईश्वर देवकोटा

    पालुङटार (गोरखा) । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ ।

    स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए ।

    गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव एवं आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले बताए ।

    तीन भाग गुर्जो, दुई भाग यष्टी मधु र एक भाग त्रिकटु चूर्णको मिश्रणबाट तयार आयुर्वेद औषधिको सेवनले शरीरलाई समानरुपले इम्युन बढाउन सहयोग पु¥याउने उनले सुनाए । सामान्य लक्षण देखिएकादेखि गम्भीर प्रकृतिका कोरोना संक्रमितले उक्त औषधि क्वाथ विधि (पकाएर) वा मनतातो पानीमा घोलेर सेवन गर्न उनको सुझाव छ ।

    संघले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विपन्न नागरिकका लागि आयुर्वेद औषधि निशुल्क वितरण गरिरहेको अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । सोही अभियानलाई निरन्तरता दिँदै गोरखा आइपुगेको उनले बताए ।

    नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका अध्यक्ष प्रकाश क्षेत्रीले आयुर्वेद व्यवसायीसँगको समन्वयमा सकारात्मक अभियान थालनी गर्न पाउँदा खुसी लागेको बताए ।

    संघको सहयोगप्रति पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धन्यवाद व्यक्त गरे । आयुर्वेद औषधिको गुण र महत्वलाई नगरपालिकाले आत्मसाथ गर्दै संक्रमितहरुलाई सेवनका लागि हातहातमा पु¥याइने उनले बताए ।

    नगरपालिकाकी उपमेयर पम्फा बसेलले संक्रमितहरुलाई औषधिसँगै मनो परामर्श सेवा पनि आश्वयक महशुस गरेको सुनाइन् । कोरोनालाई परास्त गर्न मनोवैज्ञानिक रुपमा पनि मजबुद हुन सक्नुपर्ने उनले बताइन् । आयुर्वेद औषधि नगरपालिकाको तर्फबाट वितरण भइरहेकोमा संघले थप सहयोग दिँदा उपमेयर बसेलले अभियानप्रति खुसी व्यक्त गरिन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कोरोनालाई सामान्य रुपमा लिँदा कतिपयले होम आइसोलेसनमै ज्यान गुमाएको बताए । रोग प्रतिरोध क्षमता बढी भएकाको हकमा छिटै निको हुने हुँदा आयुर्वेद औषधिको सेवनले मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

    महामारीमा आफ्नो कर्तव्य सम्झेर संघले सेवा पु¥याएको भन्दै शर्माले आयुर्वेद औषधिको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा संगम आयुर्वेद फर्मा डुम्रेका सञ्चालक सुवास थापा, स्पर्श आयुर्वेद अस्पताल पोखराका गजेन्द्र थापा, संघका कोषाध्यक्ष रमेश चापागाई, पालुङटार आयुर्वेद औषधालयका प्रमुख तथा वरिष्ठ कविराज निरीक्षक हितकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

    संघले सचिव डा दीपक भुसालको संयोजकत्वमा प्रदेशभित्र संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गरेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.