काठमाण्डौ – काठमाण्डौको न्युरोडबाट करिब १४ लाख रुपैयाँसहित १५ जुवाडेलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
काठमाण्डौ महानगरपालिका २२ न्युरोडबाट १३ लाख ४३ हजार रुपैयाँ नगद सहित कौडा र ताससहित १५ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
अवैधरूपमा स्थानिय पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको भन्ने सूचना प्राप्त भए पछि प्रहरीले उत्त घरम छापा मारेको थियो । घरको छैटौं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा जुवा खेली रहेको अवस्थामा उनीहरु पक्राउ परेको हो । पक्राउ परेका सबैको बिषयमा अनुसन्धान सुरु गरिएको छ ।
प्रहरी छापा मार्ने क्रममा भक्त बलामी भाग्ने क्रममा घाईते भएको र उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।




















