काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ६ हजार ६५३ जनामा पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६२४ जना र ६ हजार ६३१ एन्टिजेन परीक्षणमा २ हजार २९ गरी शुक्रबार थप ६ हजार ६५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंमा ८९७, मोरङमा ३११, ललितपुरमा २९९, कास्कीमा २८२, सुनसरीमा १९९, भक्तपुरमा १८८, झापामा १६९, ओखलढुंगामा १४४, सिन्धुपाल्चोकमा १३९, धनुषामा १३३ र काभ्रेपलाञ्चोकमा १२० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै चितवन र मकवानपुरमा ९२/९२ जना, सुर्खेतमा ८६, रूपन्देहीमा ८५, बारामा ८१, गोरखामा ७०, बर्दियामा ६८, धादिङ, स्याङजा र बाँकेमा ६५/६५ जना, नुवाकोटमा ६१, सिरहामा ५८,नवलपरासी पूर्वमा ५७, दाङ र कैलालीमा ५१/५१ जना तथा तनहुँमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।
रामेछापमा ४८, अछाममा ४७, सप्तरीमा ४३, कपिलवस्तुमा ४१, कञ्चनपुरमा ३८, सर्लाहीमा ३५, सिन्धुलीमा ३३, डोटीमा ३२, डडेल्धुरामा २८, रौतहटमा २७, उदयपुरमा २५, दैलेखमा २२, नवलपरासी पश्चिममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै पर्सामा १९, पाल्पामा १८, रूकुम पश्चिममा १७, महोत्तरी र अर्घाखाँचीमा १५/१५ जना, दोलखामा १२, प्युठानमा ९, रोल्पामा ७, पर्वत र सल्यानमा ६/६ जना, सोलुखुम्बु, बागलुङ र जुम्लामा ५/५ जना, धनकुटा, भोजपुर र बैतडीमा ४/४ जना, इलाम, संखुवासभा र कालिकोटमा ३/३ जना, खोटाङ, जाजरकोट, मुगुमा २/२ जना तथा पाँचथर, रसुवा, गुल्मी, रूकुम पुर्व, हुम्ला, बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


