काठमाण्डौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ ।
स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो । महतोलाई उप प्रधानमन्त्री पद दिईएको छ ।
जसपाबाट शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्रीहरु बन्नेछन् । सपथ साँझ ८:०० बजे राखिएको छ ।
को को के के भए त ?
- राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री
- शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्री
- अनिल झा खानेपानी मन्त्री
- लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
- विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
- उमा शंकर अरगरिया युवा तथा खेलकुद मन्त्री
- चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री
- एकबाल मिया वन तथा वातावरण् मन्त्री
- चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री
- रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री


