काठमाण्डौं – सरकारले कोरोनाको तेस्रो र चौथो लहर आउने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गर्दै तेस्रो र चौथो लहर आउने चेतावनी दिदै त्यसमा बालबालिका बढी मात्रामा प्रभावित हुने भन्दै कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारका लागि छुट्टाउन समेत भनेको छ ।
कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवाहरु बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि त्यसै अनुसार भएकोले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने डा.उपाध्यायले बताए ।
यता स्वास्थ्य मन्त्रालयले प्राणवायुको वैकल्पिक अक्सिजनको व्यवस्थापन गर्नसमेत देशै भरका सबै अस्पताललाई निर्देशन दिएको छ ।




















