लमजुङ – जिल्लाको भैसे खोलामा ट्याक्टर दुर्घटना हुदा बुवाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।
राईनास नगरपालिका ८ को भैसे खोलामा शुक्रबार दिउसो १ः५० बजे भएको दुर्घटनामा परी राईनास नगरपालिका ४ सातबिसे निवासी ६० बर्षका रामबहादुर कुमालको मृत्यु भएको छ हो भने ३० बर्षका एकबहादुर कुमाल घाईत भएको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।
मृत्तक कुमाललाई ग.१ त ५६९४ नम्बरको ट्याक्टरले च्यापेर मृत्यु भएको हो । घाईते एकबहादुर सोही ट्क्याक्टरका चालक हुन । उनी सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेको लमजुङ अस्पतालमा उपचार भई रहेको छ ।




















