काठमाण्डौं – विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएका खेलमा नेपालले जित हासिल गरेको छ ।
कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध २–० गोलको जित निकालेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
खेल शुरू भएको ४ मिनेटमै अन्जनले नेपालका लागि गोल गरेका थिए । पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा नेपालमाथि चाइनिज ताइपेइले दवाव बनाएको थियो । तर, खेलको अन्तिमतिर नेपालका लागि नवयुगले गोल गर्दै २–० को जित दिलाएका हुन् ।
योसँगै समूह ‘बी’मा रहेको नेपालले ६ अंक जोडेको छ। नेपालकै समूहमा रहेको अस्ट्रेलियाले कुवेतलाई ३–० ले पराजित गर्दै १५ अंक जोडेको छ । नेपालले अस्ट्रेलियासँग ११ जुनमा खेल्नेछ ।
अब नेपालले दोस्रो खेल भोलि जोर्डनसँग खेल्नेछ ।



