गोरखा – गोरखा नगरपालिकाको २ वटा वडामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ र ९ मा गरी थप ७ जनामा कोरोना संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालले बताए ।
आज संक्रमण देखिएकाहरुको जेष्ठ १८ गते कट्टेलडाडाँको रेडक्रस भवनमा स्वाब लिईएकाहरु भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमण देखिएका मध्ये ९ मा १ जना पुरुष र ८ मा ३÷३ जना पुरुष र महिला रहेको अधिकृत अर्यालले जनाकारी दिए ।




















