काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएका १८ हजार ५६२ पिसिआर र ३ हजार २११ एन्टिजेन नमूना परीक्षणमा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरको हो ।
नेपालमा अहिले सम्म ५ लाख ७६ हजार ९३६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये ४ लाख ६७ हजार ४६७ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७५ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।





















