काठमाण्डौं – सुरुङको परिक्षण गनुपर्ने भए पछि राजधानी ल्याउदै गरिएको मेलम्चीको पानी अब करिब २ महिनाको लागि रोकिने भएको छ ।
सुरूङ परीक्षणका लागि पानी असार १ गतेदेखि करिब २ महिनाको लागि बन्द गर्न लागिएको हो ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने छ । पानी सुके पछि मात्र विज्ञ र प्राविधिकहरुको टोलीलले सुरुङभित्र गएर अवस्थाको अध्ययन आयोजनाले जनाएको छ ।
सुरुङमा समस्या देखिए सुधारको लागि पनु समय थप गरी काम गनुपर्ने हुन्छ । यो काम राजधानीमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भएता पनि उद्घाटनको हतारोका कारण परीक्षणविनै सञ्चालन गरिएको हो ।
सुरूङमा कुनै त्रुटि नरहे ११ दिनबाट पानी पठाउन थालिने छ,’ पन्तले भने।
अहिले मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा आइरहेको छ ।




















