पोखरा – जनमोर्चाका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापा संसद सदस्यबाट पदमुक्त भएका छन् ।
सांसद थापा पार्टी सदस्य नरहेको जानकारी जनमोर्चाको आज संसद सचिवालयमा दर्ता गरे सँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढेको हो ।
थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् ।




















