गोरखा – गोरखा बजार क्षेत्रमा सर्जिकल मास्कको कालो बजारी भएको पाईएको छ । जिल्ला प्रशानसन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकार कमलराज भण्डारीको नेतृत्वको टोलीले बजार अनुगमन गर्दा सर्जिकल मास्कमा कालोबजारी भएको पाईएको हो ।
सरोकारवाला सरकारी तथा सञ्चारकर्मीहरुको टोलीले गोरखा बजार क्षेत्रमा रहेको मेडिकलहरुमा अनुगमन गर्ने क्रममा ३ रुपैयाँ २० पैसामा खरिद गरेको मास्क १० रुपैयाँमा बिक्री गरेको पाईएको हो ।
बाणिज्य विभाग अन्तरर्गतको जिल्ला बजार अनुमगन समितिले बजार क्षेत्रको १४ वटा मेडिकलहरुले कम मुल्यमा खरिद गरेर बढी मुल्यमा बिक्री गरेको पाईएको अनुगमनका संयोजक एवं जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । ‘प्राय पसलेहरुले ३ रुपैयाँ २० पैसामा किनेर १० रुपैयाँमा बिक्री गरेको पाईयो’ संयोजक भण्डारीले ‘अब देखी ५ रुपैयाँमा बिक्री गर्न भनेका छौ । वहाँहरुले हुन्छ भन्नु भएको छ’ भने ।
सामान्यतया कुनै पनि बस्तुको खरिद मुल्यमा २० प्रतिशत भन्दा बढी नाफा राखेर बिक्री गर्न पाइदैन । त्यो भन्दा बढीमा बिक्री गरेमा कालोबजारी हुने र कानूनी कारवाही गर्न सकिने ब्यवस्था कानूनले गरेको छ ।
कानूनमा ब्यवस्था भए बमोजिम खरिद मुल्यमा २० प्रतिशत नाफा राखेर बिक्री गर्दा ३ रुपैयाँ ६४ पैसामा बिक्री गर्नुपर्ने मास्क १० रुपैयाँमा बिक्री हुदै आएको छ ।




















