गोरखा – गोरखामा डा.परिवर्तन बराल सहितको ४ जनाको समूहको स्वास्थ्यकर्मीहरुको कोभिड–१९ प्रतिकार्य समूह परिचालन गरिएको छ ।
गण्डकी प्रदेश सरकार मार्फत गोरखा जिल्लाका लागि डा.बराल सहित ४ जनाको टोलीलाइ समावेश गरी कोभिड–१९ प्रतिकार्य समूह बनाएर परिचालन गरेको हो ।
डा.बरालको समूहले जिल्ला भित्र कोरोना संक्रमण देखिएका तथा हट स्पटको रुपमा परिचय बनाएको स्थानमा कन्ट्रयाक्ट ट्रेसिङ, परिक्षण, उपचार र सचेतना मूलक कार्य सञ्चालन गर्ने परिचालित गरिएको छ ।
जिल्ला कोभिड ब्यवस्थापन समितिको आज (बिहिबार) बसेको बैठकले समेत ‘कोरोना भाइरस कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि गण्डकी प्रदेश सरकारबाट डा.परिबर्तन बरालको संयोजकत्वमा खटि आएको ४ सदस्यीय कोभिड–१९ प्रतिकार्य समूह यस जिल्लामा पहिचान भएका विभिन्न कोरोना हटस्पटहरुमा कन्ट्रयाक्ट ट्रेसिङ, परिक्षण, उपचार र सचेतना मूलक कार्य सञ्चालन गर्ने गरी परिचालन हने’ निर्णय समेत गरेको छ ।





















