गोरखा – नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एव प्रतिनिधि सभाका सांसद चुडामणी खड्का (प्रकाश) ले करिब १५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
गोरखाको पालुङटार नगरपालिका र नगरपालिका भित्र बिभिन्न संघसंस्थाहरुलाई साँसद खड्काले कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुरयाउने उद्वेश्यका साथ स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । खड्काले आपँपिपल अस्पताललाई पनि स्वास्थ्य सामग्री प्रदान गरे ।
नगर क्षेत्र भित्र कोरोना संक्रमितहरुको सख्या बढ्दै गएपछि साँसद खड्काले आफ्नै पहलमा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । साँसद खड्काले पालुङटार नगरपालिकालाई २ थान कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर, पिसिइसेट लगायतका अन्य औषधी उपलब्ध गराएको पालुङटार नगरपाले जनाएको छ ।
उनले आँपपिपल अस्पतालमालाई पनि १ थान कन्सन्ट्रेटर सहितका अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनका सहयोगी दुर्गा श्रेष्ठले बताए । त्यस्तै गरी पालुङटार नगरपालिका २ को कार्यालयलाई पनि अक्सिमीटर, मास्क, सेनिटाइजर लगायत अन्य औषधी उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए ।
साँसद खड्काले ७०० थान एन्टिजेन किट, १०० थान पिपिई सेट, ५०० थान फेस सिल्ड, ५०० लिटर सेनिटाईजर बुट, जिङ्क ट्याबलेट, मिटामिन सि र डि लगायतका अन्य औषधीहरु उपलब्ध गराइएको थिए ।




















