चितवन – कोरोना संक्रमित गोरखा सुन्तलेका एक पुरुषको चितवनमा आज मृत्यु भएको छ ।
गोरखा जिल्ला पालुङटार नगरपालिका २ सुन्तलेका ४२ बर्षिय पुरुषका बुधबार बिहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो ।
बिरामी भएर आँपपिपल अस्पतालमा उपचार गरिरहेका उनको पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिए संगै थप उपचारको लागि उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।
मृत्तकका आफन्तका अनुसार ५÷६ दिन अगाडी आँपपिपल अस्पतालले थप उपचाको लागि चितवन पठाएको र सिएमसीमा उपचार भई रहदा आज बिहान मृत्यु भएको हो । उनको आजै हिन्दु संस्कार अनुसार गोरखाको चोरकाटे क्षेत्रमा दाहसंस्कार गर्न शव गोरखा लगिएको छ ।
स्वास्थ्य मापदण्ड अपनाएर उनका ५ जना आफन्त भएर चोरकाटेको दरौदी नदीमा शवको दाहसंस्कार गर्न लागिएको पालुङटार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृण्ण अधिकारीले जानकारी दिए ।




















