गोरखा – स्वास्थ्यमा समस्या आएपछि हेली मार्फत थप उपचारको लागि काठमाण्डौ लगिएकी गोरखा बारपाककी एक महिलाको मृत्यु भएको छ ।
बारपाक सुलिकोट २ बारपाककी २४ बषिर्या महिलाको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले पुष्टी गरेको हो ।
लामो समय सम्म स्वास्थ्य अबस्था जटिलता आए लगत्तै महिलालाई गएको सनिबार हेलि मार्फत बारपाक बाट थप उपचारको लागि राजधानी पठाईको थियो । बारपाकमा नै एन्टिजेन गर्दा एक्टिभ नदेखिएकी ति महिलाको अस्पतालमा पिसिआर गर्दा कोरोना संक्रमण देखिएको थियो ।
महिलाको काठमाण्डौँ स्थित मेडिसिटी अस्पताल उपचार भईरहेको थियो ।




















