काठमाण्डौँ — नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार देशै भरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।




















