काठमाण्डौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको आज निधन भएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको मंगलबार दिउसो निधन भएको हो । उनी बिगत ५ दिन देखी त्यहाँ उपचाररत थिए ।
कोरोना संक्रमण पुष्टि भएका थापाको करिब दुई हप्तादेखि राजधानीको ह्याम्स, ग्रान्डी अस्पताल हुदै मेडिसिटीमा उपचार भइराखेको थियो।
थापालाई नेपालको वैकल्पिक राजनीतिका अगुवा मानिन्छ।




















