काठमाण्डौ – चीन सरकारले नेपालका लागि अनुदानमा उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप मध्ये ८ लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको बिमानले बेइजिङबाट उक्त परिमाणको खोप आज काठमाण्डौं ल्याइपु¥याएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा संगै नेपालमा खोप आई पुगेको हो । खोप चिनियाँ राजदुत होउ यान्छीले स्वस्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीलाई विमास्थलमा नै हस्तान्तरण गरेकी छन् ।
यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।
आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने छ ।
चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।




















