काठमाण्डौं – नेकपा एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।
ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
पटक पटक स्थगित भएर आज बसेको बैठकमा लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उप–चुनावको समीक्षा गर्दै चुनावमा अन्तरघात भएको निष्कर्ष निकालेको छ ।




















