काठमाण्डौं – जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर सहित पार्टीका ४ नेताहरुलाई निस्कासन गरेको छ ।
जसपाका अध्यक्ष ठाकुर तथा अन्य नेताहरु राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण तथा शवेृन्द्रनाथ शुक्ल सहितको टोलीले पार्टी हित विपरीत ओली सरकारमा सामेल हुने निर्णय गरे संगै उनीहरुलाई उपेन्द्र यादव पक्षले पार्टीबाट निस्कासन गरिएको हो ।
बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले उनीहरुलाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।
ठाकुर, महतो, कर्ण र शुक्ललाई पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा समेत दिईसकिएको नेता ईस्तियाक राईले बताए ।




















