काठमाण्डौं – काठमाण्डौं उपत्यकामा लगाउदै आएको निषेधाज्ञा खुकुलो पार्ने तयारी भई रहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाको भक्तपुर, ललितपुर र काठमाण्डौंमा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे तयारी भइरहेको हो।
३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु अहिले छलफलमा जुटेका छन् । उनीहरुले बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेका छन् ।
केही दिन तया देखी कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएपछि निषेधाज्ञालाई खुकुलो पार्न खोजिएको हो । उपत्यकाको निषेधाज्ञा यही २० गते सकिदैछ ।




















