काठमाण्डौं – जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई ओली सरकारले ८ वटा मन्त्रालय दिने भएको छ ।
सरकारमा जान आतुर देखिएका ठाकुर र महतोको समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ८ मन्त्रालय दिने सहमती भएको हो ।
ठाकुर र महतोको समूह केही दिनमा नै सरकारमा सहभागी हुने सम्भावना बढेर गएको छ । गृह मन्त्रालय दावी गरेको यो सहूहले गृहमन्त्रालय बिनै सरकारमा सहभागी हुन लागेको हो ।
प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर–महतो पक्षले आन्तरिक छलफललाई ब्यापक बनाएको छ । स्रोतका अनुसार महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जाने प्रबल सम्भावना देखिएको छ ।
सरकारमा जान शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले पनि इच्छा देखाएका छन् । त्यस्तै सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ र रुहीनाथलाई मन्त्री बनाउन ठाकुरलाई दबाब बढेको छ ।
यता सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी तथा विर्खेशचन्द्रलालले पनि सरकारमा जान इच्छा देखाएका छन् ।




















